देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सभामुखलाई धम्की दिएको भन्दै सत्तरुढ दलको आपत्ति

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – नेकपा एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई धम्की दिएको भन्दै पाँच दलले आपत्ति जनाएका छन् ।

माधवकुमार नेपाल समूहका १४ सांसदलाई पदमुक्त नगरेको विषयमा एमालेका सांसदले सभामुखको कार्यकक्षमा धर्ना दिएको, सभामुखको भूमिकामाथि प्रश्न उठाएको भन्दै सत्तारुढ दलले विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन् ।

कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, जसपाका सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी संसदीय दलको नेता दुर्गा पौडेल र माधवकुमार नेपाल समूहका सांसद जीवनराम श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार