देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सभामुखले राजीनामा नदिए महाअभियोग- ओली

0

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पर्खेर बसेको बताएका छन्।

एमसिसीबारे आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने बताए।

‘नेकपा एमाले एउटा जिम्मेवार पार्टी हो। सभामुखमाथि महाअभियोग ल्याउँदैन भन्ने पनि छैन। ल्याउन सक्छ। ल्याउँछ नै भन्ने पनि छैन। उहाँले राजीनामा गर्नुभयो भने नल्याउन सक्छ’, ओलीले भने, ‘हामी उहाँको राजीनामा पर्खिराखेका छौं। स-सम्मान बर्हिगमन हुनुस्। ससम्मान हटनुस्। कमसेकम संसदले निस्काशन गर्नुपर्‍यो भन्ने नहोस्।’

अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक रुपमानै मृत भईसकेको एमसीसी सम्झौंतालाई संसदबाट पारित गर्न दिएर अर्को गम्भीर गल्ती गरेको आरोप लगाए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार