देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सभामुख घिमिरेको आह्वानमा सर्वदलीय बैठक सुरु

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बसिरहेको बैठकमा अबको प्रतिनिधि सभा बैठक सञ्चालनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

सभामुखमा घिमिरे निर्वाचित भएपछिको यो पहिलो सर्वदलीय बैठक हो । उनि अस्ति प्रतिनिधि सभामा १ सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नम्वाङ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार