देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सभामुख चयनका लागि आज निर्वाचन हुँदै

0

(काठमाडौं) – प्रतिनिधिसभाको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी परेको छ ।

आज बस्ने बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्नेछन् । वक्तव्यसहित पेस हुने प्रस्तावमा समर्थकले धारणा राख्नेछन् । उनको समर्थनमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती र राजपा नेता लक्ष्मणलाल कर्ण रहेका छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार एक मनोनयन परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षबाट सापकोटालाई निर्विरोध सभामुख चयन भएको घोषण हुनेछ । नियमावली अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीले उम्मेदवारी दिन सकेनन् ।

कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट असोजमा राजीनामा गरेका थिए । गत सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा गरेपछि नेकपाले सभामुखमा उम्मेदवारी दिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार