देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सभामुख विरुद्धको मुद्दा  सुनुवाइ भएन

0

काठमाण्डाै –  मुद्दाकाे सुनुवाइमा पालो नआएपछि सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा आज (शुक्रबार) सुनुवाइ नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो ।

यसअघि गएको वर्ष २०७६ सालको फागुन ३० गते सभामुख सापकोटाको मुद्दामा पेसी तोकिएको भए पनि हेर्न नभ्याइएपछि सुनुवाइ सरेको थियो । सभामुख सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको छ ।

२०६२ सालको वैशाख १६ गते श्रीकृष्ण मावी दाप्चामा अभिभावक भेला भएको ठाउँबाट लामालाई अपहरण गरेर खाल्डो खन्न लगाएर ज्युँदै पुरेको भन्दै लामाकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो । घटनाको जाहेरी प्रहरीले लिन नमानेपछि उनले २०६९ सालमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।

यसअघि कनकमणि दीक्षितले पनि सापकोटा फरार अपराधी रहेकाले तत्काल पक्राउ पर्न भन्दै मुद्दा दर्ता गराउनुभएको थियो । यसबारे सभामुख सापकोटाले भने आफूविरूद्धको मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रूपमा हेरिनुपर्ने भन्दै आरोप अस्वीकार गर्दै आएका छन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार