देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

समयमा काम नगर्नेसंँग गाउँपालिकाले गर्यो ठेक्का रद्द

0

रासस/राँझा – बाँकेको जानकी गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने दुई ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा सम्झौता भई हालसम्म काम सम्पन्न हुन नसकेको सम्झौता गाउँसभाबाटै रद्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार गाउँसभाबाट इशा निर्माण सेवा र सुनिता निर्माण सेवासँगको ठेक्का सम्झौता रद्द गर्ने प्रस्ताव पारित गरिएको हो । इशा निर्माण सेवाले गाउँपालिकाको वडा नं ६ मा सडक ग्राभेल तथा सुनिता निर्माण सेवाले वडा नं २ मा सडक ढलान तथा नाली निर्माणको ठेक्का सम्झौता गरेका थिए ।

आव २०७४/७५ मा सम्झौता भएकामा काम सम्पन्न गर्न बारम्वार आग्रह गर्दा पनि अटेर गरेकाले काम सम्पन्न भएको भुक्तानी गरी ठेक्का रद्द गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख इञ्जिनीयर निसार अहमद दर्जीले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार