देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

समाजवादी जाने सर्वदलीय बैठकमा एमाले नजाने

0

काठमाडौैं – प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक डाकेका छन्। प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ।

अहिलेसम्म औपचारिक खबर नआएको र  नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलाइएको हुँदा आफूहरू सर्वदलीय बैठकमा नजाने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

‘अहिलेसम्म हामीलाई खबर आएको छैन। अध्यक्षसँग बुझ्दा पनि अहिलेसम्म खबर नआएको बताउनु भएको छ। औपचारिक पत्र पनि आएको छैन। स्वभाविक रूपमै माधव नेपालहरू उपस्थित भएको बैठकमा हामी उपस्थित हुँदैनौं,’ उनले भने।

एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने अडान राख्‍दै आएको छ । नेकपा (एस) लाई एमालेले अवैध दल भन्‍दै आएको छ । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।

यसअघि शुक्रबार सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार