देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

समाजवादी पार्टीको अबको बाटो के ?

0
<p>भवनाथ आचार्य</p>

भवनाथ आचार्य

मिति २०७६ वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी नेपाल बन्यो । उक्त एकता कार्यकर्ताको पहुँचसम्म अन्तरघुलित हुन नपाउँदै अबको बाटोको बारेमा समाजवादी पार्टी अन्योल मै छ ।

आफु भित्रको विवाद समाधान गर्नै हम्मे हम्मे परेको बेला सरकारबाट वाहिरिनु समाजवादी पार्टीको लागि आगामी राजनीतिक कार्यदिशा स्पष्ट पार्ने अवसरको रुपमा लिन सकिन्छ । बाबुराम भट्टराईको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको एजेण्डा ओझेल परेको समयमा उपेन्द्र यादवलाई सत्ताच्युत भएको देख्न पाउनु भट्टराईको लागि अवसर भएतापनि यादवको लागि भने यो चुनौतीको विषय हो ।

फरक पृष्ठभूमिबाट राजनीतिक मैदानमा प्रवेश गरेका भट्टराई र यादव दुबैको राजनीतिक एजेण्डा फरक हुनु स्वभाविक भएपनि आ–आफ्नो एजेण्डालाई पार्टीको मूल सिद्धान्त बनाउन प्रयत्न गर्ने क्रममा विगतका दिनहरुमा नेताद्धय दुई किनारामा देखिन्थे । उपेन्द्र यादवको सरकारमा रहने अडान र भट्टराईको सरकार बाहिर रहने अडान प्रकारान्तरले भट्टराईको एजेण्डामा यादबको अडान मिल्न गएको देखिएतापनि यो कार्य यादबको रहर भन्दा बाध्यता हो भन्ने कुरा प्रष्ट हुन्छ । स्वभाविक रुपमा मधेश केन्द्रित दल विगतको अभ्यास हेर्दा बाध्यात्मक परिस्थिती भन्दा वाहेक हरहालतमा सत्ताकेन्द्रित देखिन्छ ।

अबको बाटो भट्टराईले भने झैँ सरकारका कमिकमजोरि औँल्याउदै त्यसको विरुद्ध कार्यकर्तालाई सडकमा उतार्ने कि ? राजपासँग एकता गरेर तेस्रो ठुलो दल कै भूमिकामा नेकपासँगको सहकार्यलाई निरन्तरता दिने भन्ने विषय समाजवादिको लागि अहिले महत्वपूर्ण बन्न सक्छ । नेपाली काग्रेसको नैतिक समर्थनमा गोर्खाबाट निर्वाचित बाबुराम भट्टराई स्वभाविक रुपमा प्रतिपक्षसँगको सम्बन्ध सुमधुर बनाउन चाहन्छन् भने यादबको सत्तावाहिर रहँदा आम कार्यकर्ताको भावना समेट्न नसक्ने निर्णयमा पुगेको भाव बुझिन्छ ।

विगतका प्रधानमन्त्री चयनदेखि सदनमा हुने हरेक मतदानमा कम्युनिष्टका पक्षमा उभिएका यादब प्रजातान्त्रिक शक्तिसँगको सहकार्यलाई त्यत्ति सहजै स्वीकार्ने अवस्थामा छैनन् । दुई तिहाईको सरकारलाई बहुमतमा परिणत गरेको कुरालाई विषेश जोड दिई पत्रकार सम्मेलनमा उपस्थित भएका यादब लामो समय सरकार बाहिर रहन सक्नेमा विश्वास गर्ने आधार देखिदैन ।

दिल्ली भ्रमणमा रहेका बेला मन्त्रीपरिषद हेरफेर गरि मन्त्रालयको जिम्मेवारि फेर्दा समेत नैतिकताको आधारमा राजिनामा नदिएका यादब एकाएक सरकारबाट वाहिरिनुलाई भने राजनीतिक बृत्तमा महत्वका साथ हेरिएको छ । आगामी दिनमा समाजवादी पार्टी नेपालले लिने राजनैतिक कार्यदिशाले नै उक्त पार्टीको भविष्यको बाटो सुनिश्चित गर्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार