देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

समोआमा दादुराको माहामारी

0

रासस – दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित समोआमा दादुराको प्रकोप कम नभएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । करिब दुई लाख मात्र जनसंख्या रहेको सानो मुलुकमा केही दिन अघिदेखि दादुराको प्रकोप बढेको र यसबाट ठूलो संख्यामा नागरिक प्रभावित भएको बताइएको छ ।

त्यहाँअहिलेसम्म कम्तीमा ५ हजार ८ सय दादुराका बिरामीले विभिन्न अस्पतालमा उपचार गराएका जनाइएको हो । दादुराको प्रकोपबाट अहिलेसम्म ८२ जनाको मृत्युभएको र अझै एक हजार भन्दा बढी उपचारार्थ रहेको समोआली सरकारी अधिकारीले जानकारी दिएका छन् ।

दादुराको प्रकोपका कारण मृत्यु भएकाको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । दादुरा नियन्त्रणका लागि सरकारले त्यहाँका ९० प्रतिशत नागरिकलाई दादुराविरूद्धको खोप लगाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार