देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सम्झौता विपरीत इरानद्वारा युरेनियम समृद्धिको काम सुरु

0

काठमाडाैं –  इरानले आफ्नो भूमिगत नातान्ज भट्टीमा अत्याधुनिक प्रविधिको मेसिन प्रयोग गरी युरेनियम समृद्धिको काम थालेको छ ।

शक्ति राष्ट्रहरुसँग भएको सम्झौता पुन: उल्लंघन गर्दै इरानले युरेनियम सम्बद्र्धनको काम थालेको संयुक्त राष्ट्रसंघको आणविक ऊर्जा एजेन्सीले जनाएको छ ।

इरानले पछिल्लो समय अमेरिकामाथि दबाब बढाउने उद्देश्यले आफ्नो आणविक कार्यक्रम बढाउँदै गएको छ ।

अमेरिकाले सम्झौताबाट हात झिकेपछि तहरानले सन् २०१९ मा पहिलो पटक सम्झौता उल्लंघन गरेको थियो । सो सम्झौतालाई बचाउन अब कसले पहिलो कदम चाल्ने भन्नेमा वासिङ्टन र तेहरान अन्यौलमा छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार