देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सम्वन्धित मन्त्री नहुदा आर्थिक चलखेल मा सरुवा वढुवा

0

काठमाडौं – नेपालमा सत्ता परिवर्तन सगै मन्त्रालय सँग सम्वन्धित विभिन्न शाखाहरुमा सरुवा वढुवा को चलखेल सुनिंदै आएको छ । आफ्ना लाई प्राथमिकता अनी आफ्ना नभए आर्थिक चलखेलको आधारमा राजनितिक भ्याकुमको दुरुपयोग हुने घटना नौलो त होइन । सक्दा परिवर्तन सगै सम्वन्धित मन्त्रालयमा मन्त्री नियुक्ति नहुँदै काठमान्डौ उपत्यका खानेपानी लिमिटेडमा आर्थिक चलखेलको आधारमा सरुवा थमौति गराउन सचिवको सक्रियता वढेको श्रोतको दावी छ ।

यो समय लाई भरपुर उपयोग गर्न लागि पर्ने व्यक्ति मध्ये खानेपानी मन्त्रालयकी सचिव प्रमिला वज्राचार्य एक हुन । उनले आफना निकट मानिएका के यू के एल का कार्यकारी अधिकृत मिलन शाक्यको मध्यस्थतामा आर्थिक चलखेल कै लागि उपयूक्त मानिएको स्थान वाट सरुवा भै सकेका कर्मचारीको रमाना रोक्न र सरुवा स्थगन गर्न दवाद दिएको श्रोतको दावी छ ।

जस मध्ये काठमान्डौ उपत्यका खानेपानि लिमिटेड महाराजगञ्ज शाखाका शाखा प्रमुख रमेश केसी एक हुन । उक्त काठमान्डौ उपत्यका खानेपानी लिमिटेडको सञ्चालक समितिले मिति २०७७ साल फाल्गृण ५ गते आवस्यकताको आधारमा आयोजना कार्यान्वयन निर्देशनालय मा के सी लाई सरुवा गर्ने निर्णय गरेको थियो ।

तर सचिव वज्राचार्यले आम्दानीको राम्रो श्रोतको रुपमा रहेको महाराजगञ्ज शाखावाट सि इ ओ मिलन शाक्यको प्रस्तावमा आर्थिक चलखेलकै लागि सरुवा स्थगन गर्न सञ्चालक समितिका अध्यक्ष तिरेश खत्रीलाई दवाव दिदै आएकी छन । उता सञ्चालक समितिको निर्णय कार्यान्वयन गराउन भनी पटक पटक कर्मचारीहरु सञ्चालक समितिका अध्यक्ष समक्ष आग्रह गर्दै आएका छन । श्रोतका अनुसार अहिले दोहोरो दवावका विच सञ्चालक समितिका अध्यक्षले चेपुवामा परेको अनुभुति भएको आफु निकटलाई वताएका छन ।

काठमान्डो जनतालाई काकाकुल हुन वाट जोगाउने भनिएको राट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना उपत्तत्रत्यकामा वितरण गर्ने जिम्मेवारी पाएको एक मात्र संस्था काठमान्डौ उपत्यका खानेपानी लिमिटेड हो । हेलम्वु गाउपालिकाको अम्वाथान वाट मेलम्ची नदीको पानी सुरुङ्ग मार्ग हुदै काठमान्डौ को सुन्दरीजलमा खसाल्ने र त्यही प्रसोधन गरी सकेपछि पाइप लाईन मार्फत उपत्यकाका जनताको धारामा पानी पु¥याउने कार्य को कार्यान्वयन गराउने जिम्मा समेत उपत्यका खानेपानी लिमिटेडको रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार