देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सय दिनका लागि मास्क लगाइदिन अमेरिकी राष्ट्रपतीको आग्रह

0

काठमाडौं – अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सय दिनका लागि मास्क लगाइदिन अमेरिकीहरुलाई आग्रह गरेका छन् । कोरोना भाइरसको महामारी कम गर्न उनले अनुहार छोप्नका लागि विनम्रपूर्वक आग्रह गरेका हुन् ।

सीएनएनसँग बाइडेनले अमेरिकीले अनुहार छोपेका छन् भने कोरोनाको घटनामा उल्लेखनीय कटौती आउने पनि विश्वास गरेका छन् । बाइडेनले अमेरिकी सरकारले सबै सरकारी कार्यालयमा मास्क लगाउने आदेश दिने पनि बताएका छन् । सीएनएनसँगको अन्तर्वार्तामा उनले सधैका लागि नभई मात्र सय दिनका लागि साथ दिन आग्रह गरेका हुन् ।

अमेरिकामा हाल १ करोड ४५ लाख ३४ हजार ६०६ कोरोना संक्रमित रहेका छन् ।कोरोनाका कारण अहिलेसम्म २ लाख ८२ हजार ८२८ जना अमेरिकी नागरिकको ज्यान गइसकेको छ ।

बिहीबार मात्रै सबैभन्दा बढी संक्रमित र मृतक थपिएका छन् । एकैदिन अमेरिकामा दुई लाख १७ हजार ९८६ संक्रमित थपिएका छन् । एकै दिन २ हजार ९१५ जनाको ज्यान गएको छ ।  एजेन्सी

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार