देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली

0

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेल मात्र तारेको जस्तो रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो रहेको टिप्पणी गरेका हुन् ।

‘नीति तथा कार्यक्रम वर्णमालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता, संगति नमिल्नु, चास्नीमा नडुबाएको तेलमात्र तारेको जेरी जस्तो, खल्लो, झुल्टिएको, चास्नीमा हाल्न नभ्याएको, अर्थ ननिस्कने छ,’ उनले भने, प्रस्थान विन्दु के हो रु आदि के हो, मध्य के हो रु थाहा छैन ।’

सरकार नै जेरी जस्तो रहेको भन्दै उनले भने, ‘सरकारकै नीति छैन । जेरीजस्तो गुजुल्टिएको, गन्तव्य नभएको । कुनै नीति छैन कहाँ पुग्ने ।’ सरकारको नै नीति र गन्तव्य नै नभएको उनको आरोप छ ।

ओलीले सरकार र सत्तारुढ दलका कार्यकर्ता चुनावमा बुथ कब्जा गर्नेदेखि प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिएको आरोप लगाए । सत्तारुढ दलका कार्यकर्ता र सरकारले प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिने प्रहरीलाई नै परिचालन गरेको ओलीको आरोप छ ।

धाँधलीपूर्ण निर्वाचन गराएको बताउँदै उनले प्रमुख प्रतिपक्षी दलका कारण कुनै पनि केन्द्रको निर्वाचन स्थगित नभएको दाबी गरे । ‘प्रतिपक्षी दलका कारण कतै पनि निर्वाचन स्थगित भएन,’ ओलीले भने, ‘तर, राज्य संयन्त्र प्रयोग गरेर निर्वाचनमा धाँधली गरियो । पञ्चायतकालमा पनि नभएको धाँधली यसपटक गरियो ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार