देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक (पुर्ण पाठ सहित)

0

काठमाडाैं – सरकारले आइतबार सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रका लागि राहत प्याकेज ल्याउनेदेखि विपद पीडितको पुनस्र्थापनासम्मका विषय समेटिएका छन् ।

नेपाली कांग्रेस, नेकपा मओवादी केन्द्र र जनता समाजवादी पार्टीले आइतबार सरकारकोसाझा न्युनतम कार्यक्रम सार्वजनिक गरेका छन् । जसमा कोभिड–१९ का कारण संकटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, ब्यायामशाला, सिनेमा तथा मनोरञ्जन उद्योगको पुनरुत्थानका कार्यक्रम ल्याउने उल्लेख गरिएको छ ।

त्यस्तै कोभिड–१९ बाट प्रभावित श्रमजीवि, विपन्न, बेरोजगारको राहतका लागि विशेष आर्थिक प्याकेज ल्याउने पनि सरकारले घोषणा गरेको छ ।

कोभिड–१९ सँगै बाढी–पहिरो, डुबान र अन्य विपद पीडित परिवारलाई उद्धार र राहत प्रदान गर्नेसमेत सरकारले घोषणा गरेको छ । सिन्धुपाल्चोक, मनाङ, लमजुङ, गोरखा, बाजुरा र सप्तरीलगायतका बाढी–पहिरो र डुबान प्रभावित क्षेत्रका जनतालाई राहत र पुनर्स्थापना गर्ने विषयसमेत साझा न्युनतम कार्यक्रममा समेटिएको छ ।

हेर्नुस् पूर्णपाठ:

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार