देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारमा बसेर लक्ष्य अनुसारको काम नगर्ने मन्त्री फेरौँ – गगन थापा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा मन्त्रीहरूको कार्यसम्पादन हेरेर परिवर्तन गर्ने या निरन्तरता दिने निर्णय गर्नुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा उनले सरकारको कामका आधारमा ०८४ को निर्वाचनमा जानुपर्ने भन्दै लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्ने धारणा राखेका हुन्।

‘सरकारमा सहभागी भएको आठ महिना भयो । प्रत्येक मन्त्रीले यस अवधिमा गरेका आठवटा कामको सूची दिनुहोस्, जसका कारण नागरिकको जीवनमा सकारात्मक परिवर्तन आयो र ती काम तपाईं नभएको भए हुँदैन थियो,’ महामन्त्री थापाको भनाइ थियो, ‘अब एक वर्षमा सरकारमा बसेर के गर्ने भन्ने लक्ष्य निर्धारण गरौँ । त्यो लक्ष्य पूरा गर्न भनेजस्तो काम गरेनन् भने मन्त्री फेरौँ ।’

उनले कांग्रेसलाई काम नगर्ने छुट नभएको बताए । नीति अधिवेशनबाट गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, मर्यादित रोजगारीलाई मिसन बनाएर निर्वाचनमा जनतासामु जाने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

साथै, सभापति शेरबहादुर देउवाले गठबन्धनसँग एकलौटी निर्णय गरेको भन्दै थापाले असन्तुष्टिसमेत पोखेका थिए । ‘गठबन्धन बैठक भन्ने, अनि पार्टीमा सल्लाह नगरी पार्टीको धारणा भनेर निर्णय गर्ने, त्यस्तो निर्णयको भारी निर्णय गर्ने एक्लैले बोक्ने यो गलत प्रवृत्ति हो,’ महामन्त्री थापाको भनाइ थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार