देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारलाई असफल देखाउन कुप्रचार गरियो : प्रधानमन्त्री ओली

0

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र विश्व्यापी संकटका बेला सरकारलाई असफल देखाउन कुप्रचार गरिएको बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी संकटका बेला एकजुट भई लड्नु पर्नेबेला कु–प्रचार भएको बताएका हुन् ।

मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै भएको उनले बताए ।

उनले भने, ‘मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीले काम नै गर्न नसक्ने र प्रक्रिया नै सुरु गर्न नसकिने गरी सरकारप्रति निराधार आरोप र प्रचारले अफ्ठेरो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित गर्ने बताए । पछिल्लो समय पछिल्लो समय चीनबाट स्वास्थ्य उपकरण खरिद प्रकरणमा भएको आलोचना गर टिप्पणीप्रति आफ्नो ध्यान गएको पनि बताएका छन् ।

उनले भने, ‘सरकारका काम कुनै पनि संवैधानिक अंगहरुको सम्परीक्षण भन्दा माथि हुदैनन् । तिनले गर्ने अध्ययन र फैसलाका लागि सरकार हमेसा तयार रहन्छ । तर काम नै गर्न नसक्ने र प्रक्रिया नै सुरु गर्न नसकिने गरी निराधार आरोप र मिथ्या प्रचारले अफ्ट्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित गर्छ भन्नेमा सबैले ध्यान दिनुपर्छ ।’

समाजमा उठ्ने गरेका र खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना र टिप्पणीप्रति आफ्नो प्रर्याप्त ध्यान गएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार