देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारलाई सांसदको प्रश्न – कर्मचारी अभावमा कसरी पूरा हुन्छ समृद्धिको नारा ?

0

काठमाडौं – राष्ट्रियसभाको आज बुधबारको बैठकमा सांसदले कर्मचारीको अभावमा विकास निर्माणको काम ठप्प भएको भन्दै तत्काल आवश्यक कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भैरवसुन्दर श्रेष्ठले जिल्लामा बजेट, कार्यक्रम गए पनि प्राविधिक र प्रशासनिक कर्मचारीको अभावमा ती कार्यक्रम सम्पन्न हुन नसकेको बताए ।

“कर्मचारीको अभावमा अहिलेसम्म कर्णाली प्रदेशको कुल एक प्रतिशतमात्र विकास बजेट खर्च भएको छ”, उनले भने, “त्यस्तै सङ्घीय सरकारतर्फ पनि जम्मा २.५ प्रतिशतमात्र पूँजीगत खर्च भएको छ ।”
कर्मचारीको अभावमा ग्रामीण क्षेत्रका विकास निर्माण ठप्प भएको भन्दै उनले तत्काल कर्मचारी पठाउन सरकारलाई आग्रह गरे ।

“बजेट छ, तर कार्यान्वयन गर्ने कर्मचारी छैनन्, कसरी समृद्धिको नारा पूरा हुन्छ ?”, सांसद श्रेष्ठले भने, “सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट निर्देशन देओस्, कर्मचारी पठाउने कुरा कहाँबाट रोकिएको हो, कर्मचारी व्यवस्थापन छिटो होस् ।”

रासस

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार