देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘सरकारले आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्छ’ – सञ्चारमन्त्री कार्की

0

काठमाडौँ – सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय निर्वाचनको मिति तोक्ने बताएका छन् ।

शनिबार भएको पाँच दलीय सत्ता गठबन्धनको बैठकबाट जेठमा स्थानीय निर्वाचन गर्ने सहमति जुटेको मन्त्री कार्कीले बताए ।

‘गठबन्धनले आगामी जेठभित्र स्थानीय निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । त्यसका लागि कानुनी अफ्ठ्याराहरू हुन सक्छन्, संविधानसँग हाम्रो स्थानीय तहको निर्वाचन ऐन बाझिएको अवस्था छ, त्यसैले कानुनमा समेत आवश्यक संशोधन गरेर जेठभित्रमा सरकारले स्थानीय निर्वाचन सम्पन्न गर्छ,’ मन्त्री कार्कीले भने, ‘अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्छ ।’

शनिबार बसेको सत्ता गठबन्धनको बैठकले जेठभित्र स्थानीय निर्वाचन गर्ने सहमति जुटाएको हो । शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक दुई चरणमा बसेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार