देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारले काल्पनिक सपना बाँड्दा जनता निराशः प्रवक्ता शर्मा

0

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सरकारले पुरा नहुने काल्पनिक सपनाहरू बाड्दा जनता निरास भएको बताएका छन् ।

नेपाल टेलिकम वर्कर्स युनियन काठमाडौ क्षेत्रीय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै प्रवक्ता शर्माले पानी जहाज र रेलको कुरा गर्ने तर सरकारले जहाज र रेलमा चड्ने नागरिकको आर्थिक स्तरमाथी उठाउने कुरा बिर्सेकाले अब कांग्रेस अग्रसर हुनु पर्ने बताएका हुन् ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकार मात्र नभई राज्य संरचना नै श्रमिकलाई अप्ठ्यारो बनाउन लागिरहेकोले प्रतिपक्ष दल र ट्रेड युनियन चनाखो हुनु पर्ने बताए । दुई दिन सम्म चल्ने प्रशिक्षण काठमाडौ क्षेत्रीय समितिका अध्यक्ष अच्चुत ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार