देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारले दसैं भत्ता दिएर सांसदको बदनाम गराउन खोज्यो : नेता सिंह

0

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले दसैं भत्ता दिएर आफूजस्तै सांसदहरूलाई पनि बदनाम गराउन खोजेको बताएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेता सिंहले महामारीका बेला सांसदहरूलाई भत्ता दिएर सरकारले आफूजस्तै सांसदलाई पनि जनता माझ आलोचित बनाएर बदनाम गराउन खोजेको बताएका हुन् ।

जनतालाई पीसीआर परीक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय भएको उनले बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘एकातिर जनतालाई पीसीआर परीक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दसैं भत्ता दिने सरकारी निर्णय निन्दनीय छ ।’

भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको कम्युनिष्ट सरकारले सांसदहरूलाई दसैं भत्ता दिएर बदनाम गराउने दुरासय राखेको प्रष्ट देखिएको नेता सिंहले बताएका छन् ।

नेता सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफू भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको प्रष्ट छ । महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ ।’

नेता सिंहले दशैंभत्ता भन्दै आफ्नो नाममा आएको रकम फिर्ता गर्ने बताएका छन् । साथै नेपाली कांग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दशैंभत्ता फिर्ताको निर्णय गरेर आफूजस्तै सांसदहरुलाई पनि बदनाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन पनि उनले आग्रह गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार