देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारले भन्यो, “कोरोना संक्रमित बाहिर हिँड्डुल गरे कारबाही हुन्छ”

0

काठमाडौँ – सरकारले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई घर बाहिर हिँडडुल नगरी होम आइसोलेशनमा बस्न अनुरोध गरेको छ ।

कोरोना संक्रमितहरू हिँडडुल गरेको पाइएमा कानून अनुसार कारबाही हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयले आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद गर्ने गरी कारबाही अगाडि बढाएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना लक्षण नभएका धेरै जना बाहिर निस्केर हेलचक्रयाँइ गरेको पाइएको भन्दै त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म कैद हुने व्यवस्था रहेको जानकारी दिए ।

आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई कारबाहीका लागि गृह मन्त्रालय र सबै जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको पनि प्रवक्ता गौतमले जानकारी दिए ।

साथै, परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरू रिपोर्ट नआइन्जेल अनिवार्य क्वारेन्टिनमा बस्न समेत मन्त्रालयले आग्रह गरेको छ ।प्रवक्ता गौतमले दसैं, तिहारमा भीडभाड नगर्न र भएकै कपडा तथा सामान प्रयोग गरी घरकै सदस्य मिलेर दसैं मनाउन आग्रह गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार