देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारले विद्युत प्राधिकरणको सेयर जारी गर्ने

0

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणको सेयर जारी गर्ने भएको छ। सरकारले प्रिमियम मूल्यमा सर्वसाधारणलाई समेत सेयर बिक्री गर्ने भएको हो।

आइतबार आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री जर्नादन शर्माले शेयर निष्काशनकालागी आवश्यक प्रकृया अघि बढाईसकेको बताएका हुन्।

प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको मन्त्री शर्माले बजेट वक्तव्य मार्फत उल्लेख गरेका छन्। इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरेको हो।

प्राधिकरणले विद्युत बिक्रीबाट ७१ अर्ब रुपैयाँ र अन्यबाट १० अर्ब रुपैयाँ गरी कुल ८१ अर्ब रुपैयाँ आम्दानी छ। यसमा सरकारको पूर्ण लगानी रहेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार