देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारले विश्व बैंक र एडीबीबाट सवा १४ अर्ब रुपैयाँ बराबरको ऋण लिने

0

काठमाडौं – नेपाल सरकारले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बाट सवा १४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को मंसिर १५ र १८ गतेको बैठकबाट यस्तो निर्णय गरेको जानकारी दिए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अनुसार १५ मंसिरको मन्त्रिपरिषद् बैठकले प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैंकबाट ४० मिलियन डलर (४ अर्ब ७७ करोड) बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।

सोही आयोजनाका लािग १० मिलियन डलर (१ अर्ब १९ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत भएको छ ।

उता, मंसिर १८ मा बसेको मन्त्रिपरिषद् बैठकले ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजना संचालन गर्न विश्व बैंकबाट ९ अर्ब ३८ करोड (८० मिलियन डलर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार