देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारले सामाजिक सुरक्षा नै बुझेन- युनियन अध्यक्ष आचार्य

0

काठमाडौ – नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा नै बुझ्न नसकेको आरोप लगाएका छन् ।

बुधबार नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको अवस्था र चुनौती विषयक छलफल कार्यक्रममा यस्तो विचार राखेका हुन् ।

अध्यक्ष आचार्यले सरकारले वृद्ध , एकल महिला, असक्ताले पाउने सामाजिक सहायता कार्यक्रमलाई नै सामाजिक सुरक्षा योजना भन्ने बुझाईले लागू हुन समस्या भएको विचार राखेका हुन् ।

औपचारिक क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा लागू भए पनि प्रभावकारी नभएको बताउदै आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत समग्र श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा जोड्न कार्यक्रम ल्याउन सरकारसंग माग गरेका छन् ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव दिपक काफ्लेले अनौपचारिक क्षेत्रमा समेत योगदानमा आधारित सामाजिक सुरक्षा लागू गराउन मन्त्रालयले समिति बनाई काम गरिरहेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ,सामाजिक सुरक्षा कोष, एफ.ईएस., ट्रेड युनियनका नेतृत्वहरुको सहभागिता रहेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार