देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारसँग जोडिएका संस्थामा अनुसन्धानको कमी छ : मन्त्री बाँस्कोटा

0

मध्यबिन्दु/काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग जोडिएका संस्थाहरुमा अनुसन्धान र विकासका कामहरु कमजोर रहेको बताएका छन् । नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारसँग जोडिएका सबै संस्थामा अनुसन्धान कमजोर रहेको उल्लेख गर्दै यस विषयमा नेपाल टेलिभिजन पनि कमजोर रहेको बताए ।

स्थापनाका हिसाबले नेपाल टेलिभिजन पहिलो भएपनि कार्यक्रम उत्पादन र जनताको रोजाईमा पहिलो हुनुपर्ने चुनौति रहेको बताउँदै उनले अनुसन्धान गरेर कार्यक्रमहरु उत्पादन गर्नुपर्नेमा जोड दिए ।
‘एउटा सिंगो देशभित्र सिंगो देशका विभिन्न भौगोलिक विशेषताभित्र, त्यस भित्रका विभिन्न सामाजिक संस्कृतिहरुभित्र, आर्थिक क्षमताहरुभित्र, मान्छेका रुचिहरुभित्र र मान्छेहरु मध्ये पनि उमेर समूहका रुचिहरुलाई पनि अब हामीले कुन बेला के उपयुक्त हुन सक्दछ र कस्तो कार्यक्रम कसले कति रुचाउँछ भन्ने हिसाबले कार्यक्रमहरुको उत्पादन हुनुपर्छ,’ उनले भने ।

सो अवसरमा मन्त्री बाँस्कोटाले विश्व समुदायमा नेपालसम्बन्धी जानकारी दिन अंग्रेजी माध्यमको विश्व समाचार च्यानल ‘एनटिभि वल्र्ड’ यसै आर्थिक वर्ष भित्रमा सञ्चालनमा ल्याउने जानकारी समेत दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार