देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारी कागज किर्ते प्रकरणमा ६ जना विरूद्द भ्रष्टाचार मुद्दा

0

(काठमाडाैं) – सरकारी कागजात किर्ते गरि उपभोक्ता समिती गठन गरेको प्रकरणमा पुर्वाधार विकास डिभिजन कार्यालय, सिरहाका तत्कालिन प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोईत, पूर्व सभासद वीपी यादव र राजपाका केन्द्रीय सदस्य हरिनारायण मण्डलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ ।

डिभिजनल इन्जिनयर गोईत, पूर्व सभासद यादव र राजपा नेता मण्डलसहित नायब सुब्बा भागवत यादव, विरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवले सरकारी रकमको दुरुपयोग गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

उनीहरुविरुद्ध अयोगले २५ लाख रुपैयाँ बिगो माग दावी गरेको छ । किर्ते मुद्धामा सप्तरी प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । वीपी यादव, हरी मण्डल र इन्जिनयर गोईत पूर्पक्षका लागि हाल राजविराज कारागारमा छन् ।

पहिलो संविधानसभामा वीपी यादव तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका समानुपातिक सांसद थिए । सोही समयमा उनी रातो पासपोर्ट काण्डमा मुछिएका थिए ।

प्रदेश २ को भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तरगत सप्तरी जिल्लामा संचालित योजना मध्ये अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक ग्राभेल गर्न पूर्व सभासद वीपी यादवले गाउँपालिकाको नक्कली लेटर प्याडको दुरुपयोग गरि उपभोक्ता समिति बनाएको आरोप छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार