देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

0

मोरङ – सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी विराटनगरबाट पक्राउ परेका छन् ।

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१४ बस्ने ३८ वर्षीय तुलसी महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत मोरङको २०६७ असोज १३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद सजाय सुनाएका महतो फरार थिए ।

फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-८ जिल्ला अदालत छेउबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मोरङमा बुझाइने उक्त कार्यालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार