देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

0

कैलाली – सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन् ।  फरार प्रतिवादी गोदावरी नगरपालिका-३ बस्ने ६३ वर्षीय ईश्वरी प्रसाद दाहाललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला मालपोत कार्यालय बर्दियामा २०६५ सालमा खरिदार पदमा कार्यरत रहँदा दाहाल समेतका २ जनाले सरकारका नाममा रहेको बर्दिया जिल्लाका विभिन्न स्थानका जग्गाको किर्ते कागजपत्र बनाई विभिन्न व्यक्तिहरुबाट आर्थिक लाभ समेत लिई किर्ते लालपुर्जा बनाई दिएका थिए ।

उक्त मुद्दामा जिल्ला अदालत बर्दियाको २०७३ मंसिर ३० गतेको फैसलाले ३ वर्ष ५ महिना कैद भई हालसम्म फरार रहेका उनलाई उनकै घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार