देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

0

काठमाडौं – सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको साविक ताकु गाविस-२ घर भई ललितपुर साविक सैबु गाविस-४ बस्ने ५५ वर्षीय गोपाल बहादुर थापा रहेका छन् ।

सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी ५५ वर्षीय गोपाल बहादुर थापालाई काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट  बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च अदालतको २०७६ मंसिर ११ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद र ३६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका गोपाललाई फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले धुम्बाराहीबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार