देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ललिता निवास जग्गा प्रकरण : ५८ जनालाई बयानका लागि बोलायो

0

भरत खड्का/काठमाडौं – गैरकानूनी रुपमा काठमाडौंको बालुवाटारस्थित ललिता निवासमा जग्गा किनबेच गर्ने सबैसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिने भएको छ । आयोगले ललिता निवासको जग्गा हिनामिना कार्यमा संलग्न ५८ जनाको नाममा सूचना प्रकाशित गरी एक साताभित्र बयानका लागि बोलाएको हो ।

५८ जनामा चार जना बाहेक सबै ललिता निवासको जग्गाको कारोबार गरेका व्यत्ति हुन् । चार जना भने कर्मचारी र जग्गा किन्नेका आफन्त रहेको अख्तियार स्रोतले जनाएको छ ।

बालुवाटारमा जग्गा लिने र कारोबार गर्ने सबैलाई एकपटक सोधपुछ गर्नुपर्ने भएकाले ठेगाना पत्ता नलागेकाको हकमा मात्रै पत्रिकामा सूचना निकालिएको आयोगले जनाएको छ ।

प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा भूमाफिया र भूमिसुधार कार्यालयका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता भइसकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार