देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकारी टोलीले अनशन रोक्न आग्रह गर्दै फर्किए

0

काठमाडाैं – स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधारको माग राख्दै विगत २३ दिनदेखि अनशनरत डा केसीलाई भेट्न गएको सरकारी टोलीले अनशन रोक्न आग्रह गर्दै फर्किएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालममा अनशनरत डा केसीलाई भेट्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवसहित ३ जनाको टोली अनशन रोक्न आग्रह गर्दै फर्किएको छ । तर, डा. केसीले सरकारले आफ्ना मागबारे छलफल गर्ने भए आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने बताएका थिए ।

डा. केसीको भनाई उदृत गर्दै उनका सहयोगी प्रितम सुवेदीले भने, ‘यस अगाडि नै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री मन्त्री प्रदीप ज्ञवालीले पनि सोही आग्रह गरिसकेको र आफूले जवाफ पनि दिइसकेकोले त्यही कुरा भन्न लागि पुन: दुख पाउन पर्दैनथ्यो ।’

उनीहरुले डाक्टर केसीलाई सरकारका तर्फबाट हालसम्म औपचारिक वार्ता टोली नबनेको पनि जानकारी दिएका छन् ।

सरकारीले टोलीलाई डा. केसीले आफ्ना मागहरुमा छलफल गर्ने हो भने सरकारले आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान राख्दै उनीहरुलाई फिर्ता पठाइदिएका थिए ।

हालसम्म सरकारको तर्फबाट डा. केसीको माग सम्बोधन गर्नका लागि कुनै पहल नभएको भन्दै आलोचना भइरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार