देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरकार टिकाउन मधेस आन्दोलनका १२० जना अभियुक्तका मुद्दा फिर्ता (नामावली सहित)

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – सरकारले मधेस आन्दोलनका १५ मुद्दाका १२० जना अभियुक्तका मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को यसअघिको बैठकले जनता समाजवादी पार्टीसँगको वार्तापछि १ सय २० जनाविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नेपाल सरकार वादी भई चलाएका मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिका, २०७७ अनुसार मुद्दा फिर्ता लिइएको मन्त्री गुरुङको भनाइ थियो । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताविरुद्धका मुद्दा पनि फिर्ता हुने चरणमा रहेको बताए ।

जसपाले २ सय ८ जना बन्दीलाई रिहाइ गर्नका लागि सरकारसँग वार्ता गरिरहेको छ । सरकारसँग जसपाको सहमति बमोजिम नै उक्त संख्यामा बन्दी रिहाइ हुने भएका हुन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमापनी सरकार टिकाइरहने प्रधानमन्त्री ओलीको रणनिती अनुरुप कैदिबन्दीको मुद्दा फिर्तालिने कार्य अघि बढाइएको हो ।

कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका जसपा सांसद रेशम चौधरीसहित उक्त घटनामा संलग्न ११ जनाको भने मुद्दा फिर्ता लिएको छैन ।

मुद्दा फिर्ता लिइएका व्यक्तिको नामावली :

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार