देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सरुवा भएको ५ दिन नबित्दै रोकियो एआईजी सरुवा

0

काठमाडौं – गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) सरुवा कार्यान्वयन नगर्नका लागि प्रधान कार्यालयलाई बुधबार निर्देशन दिएको छ।

सरुवा भएको ५ दिन नबित्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदको निर्णय  रोक्नका लागि गृह मन्त्रालयले निर्देशन दिएको हो।

मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएका थिए भने गृहमन्त्रीमा बालकृष्ण खाँड नियुक्त गरिएका थिए।

स्रोतका अनुसार एआईजी सरुवा मन्त्रिपरिषदले बदर गर्ने सम्भावना छ। समय नपुग्दै एआईजी सरुवा गरिएको भन्दै विवाद आएको थियो।

ओली नेतृत्वको मन्त्रिपरिषद्ले ४ जना एआईजीहरुको सरुवा र एकजनाको बढुवा पदस्थापन गरेको थियो । काठमाडौं उपत्यकाको कमाण्ड गर्ने महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पाललाई ७ महिनामै सरुवा गर्ने निर्णय गरिएको थियो । महानगरीय प्रहरी कार्यालयमा प्रद्युम्न कार्कीलाई सरुवा गर्ने निर्णय गरिएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार