देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सर्केर स्वकीय सचिवको मृत्यु, वडाध्यक्ष बेहोस

0

काठमाडौं – वनभोज खाने क्रममा खाना सर्केर रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिवको मृत्यु भएको छ । 

शनिबार रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रममा खाना खाने क्रममा सर्केर ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । 

सो घटनापछि वनभोजमै रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । 

उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य छ । 

रामेछाप नगरपालिकाका कर्मचारीहरूले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेको थिए । 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार