देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सर्लाहीमा गोली चल्दा भारतीय नागरिकको मृत्यु

0

काठमाडौं – सर्लाहीको सदरमुकाम मलंगवामा गोलीचल्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। स्थानीयबासीका अनुसार मलंगवा-९ मा गोली चलेको हो।

मृत्यु भएका अन्दाजी ३५ वर्षीया इन्दल महतो रहेको प्रहरीले जनाएको छ। प्रहरिका अनुसार उनी भारतको विहारस्थित सितामढीको कन्हौली थानाका स्थायी बासिन्दा रहेको अनुसन्धानबाट खुल्न आएको छ।

मृतकको शव प्रादेशिक अस्पतालमा राखिएको छ। गोली लागेको हो वा धारिलो हतियारले प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार