देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सर्लाहीमा घिमिरे दाजुभाई पशु फर्म सञ्चालनमा

0

सर्लाही -सर्लाहीको बाग्मती नगरपालिका वडा नं ६ पञ्चमुखी चौक स्थित घिमिरे दाजुभाई फर्म सञ्चालनमा ल्याइएको छ। २०७६/०५/३१ मा दर्ता भई व्यवसायिक रुपमा खोल्ने पशु तथा कृषि फर्मले रोजगारी दिनुको साथै अन्य देशबाट हुने आपूर्ति समेत काम गर्न सहयोग पुर्याउने उदेश्यले पशु फर्म सञ्चालनमा आएको छ।

यस फर्म चार घिमिरे दाजुभाइको सहकार्यमा सञ्चालनमा ल्याएको हुँदा धिमिरे दाजुभाई पशु फर्म नाम रहन गएको फर्म सञ्चालक राम प्रसाद घिमिरेले बताए। स्थानीय स्तरमै रोजगारीमा आत्मनिर्भर हुने उदेश्यका साथ पशु फर्म सुरु गरिएको जानकारी दिए।कुखुरा खसी बाख्रा र भैंसीलाई दूध उत्पादन देखि मासुका लागि तयार भए पछि देशका विभिन्न ठाउँमा मासुका लागि बिक्री गरिने घिमिरेले बताए।

देशमा बेरोजगार बढिरहेको अवस्थामा र लाखौं युवाहरु विदेश भौतारिरहेको अवस्थामा अहिलेको युवा पुस्तालाई समेत कृषिमा आकर्षण गर्न र हामी आफैमा आत्मनिर्भर बनु पर्छ यस धिमिरे दाजुभाई पशु फर्म ले संकेत गर्दछ। यस पशु फर्म को “घिमिरे दाजुभाइको सेवा पशु तथा कृषि मा टेवा” स्लोगन सहित फर्म सञ्चालक रामप्रसाद घिमिरे,चेतन घिमिरे,सरोज घिमिरे र यम प्रसाद घिमिरेको सहकार्यमा पशु फर्म आगाडि बढेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार