देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप : डीएसपीसहित दर्जनौँ घाइते

0
<p>अन्नपुर्ण पोष्ट</p>

अन्नपुर्ण पोष्ट

मलंगवा – सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार दिउँसो प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। प्रहरी सँगको झडपमा कांग्रेसका करिब ४ दर्जन भन्दा बढी घाइते भएका छन्।

असोज २१ गते रामनगर गाउँपालिका ७ सिसौटका कांग्रेस कार्यकर्ता महेन्द्र रामको हत्या गरिएको थियो। हत्या गरिएका रामको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, जाहेरी दर्ता गरिनु पर्ने र हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै काँग्रेस कार्यकर्ताहरु प्रर्दशन गरेका थिए। प्रर्दशनका क्रममा जिल्ला प्रहरी कार्यालय पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

झडपमा परी प्रहरी नायव उपरीक्षकद्वय मदन कुँवर र ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उद्धवसिंह भाटसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। त्यसैगरी ईलाका प्रहरी कार्यालय हरिपुरबाट आएका प्रहरी निरीक्षक बिक्रम साह लगायत २० प्रहरी घाइते भएको प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए।

सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झासहित १० जना प्रहरी पनि घाइते भएको डीएसपी कुवँरले बताएका छन्। झडपमा प्रहरीतर्फ गम्भीर चोट भने कसैलाई नलागेको प्रहरीले जनाएका छन्।

भीड उग्र बन्दै गएको र प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि भिडलाई तितर बितर गर्नका लागि ३१ राउण्ड अश्रुग्यास प्रहार गरेको डीएसपी कुँवरले जानकारी दिए।
प्रदर्शनको क्रममा कांग्रेसका २४ जना कार्यकर्ता घाइते भएको कांग्रेसका प्रदेशसभा सांसद वीरेन्द्र सिंहले जानकारी दिए। मृतककी श्रीमती र भाइलाईसमते प्रहरीले कुटपिट गरेको सिंहले बताए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार