देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ३७ घाईते

0

काठमाडौं – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ३७ जना घाईते भएको प्रहरिले जनाएको छ ।

बीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस लालबन्दी नगरपालिका १७ फुलजोरस्थित फुलजोर खोलाको पुलबाट खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा परेर सिन्धुलीको तीनपाटन गाउँपालिका–२ की ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारतीय नागरिक २४ वर्षीय सुनिल यादवको मात्र पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्य एक महिला र एक पुरुषको भने सनाखत अझै पनि हुननसकेको कारण उनीहरुको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

दुर्घटनामा घाईते भएकाहरुको लालबन्दीस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार