देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सर्वाधिक अन्तर्राष्ट्रिय गोलको किर्तिमानमा रोनाल्डोले बराबरी गोल

0

एजेन्सी – पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिष्ट्रियानो रोनाल्डोेको अन्तर्राष्ट्रिय गोलसंख्या १ सय ९ पुगेको छ । फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोलसंख्या १ सय ९ पुगेको हो ।

अन्तर्राष्ट्रिय फुटबलमा ईरानका अली देईले मात्र यति धेरै गोल गरेको इतिहास छ ।

पाँचौ युरोकप खेलिरहेका रोनाल्डोले हंगेरीविरुद्ध दुई, जर्मनीविरुद्ध १ र फ्रान्सविरुद्ध दुई गोल गरेर अहिलेसम्मको बढि गोलको किर्तिमानीमा बराबरी गरेका हुन्  ।

अलीले १९९३ देखि २००६ सम्म ईरानबाट १ सय ४९ खेल खेल्दै १ सय ९ गोल गरेका थिए । रोनाल्डोले आफ्नो १ सय ७८ औं अन्तर्राष्ट्रिय खेलमा यो किर्तिमान बराबरी गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार