देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सर्वोच्चमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरीको चाङ

0

काठमाडौँ – सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ बिहिबार हुँदैछ । संसद्को संसदीय सुनुवाइ समितिले आज प्रस्तावित न्यायाधीश नहकुल सुवेदी र कुमार चुँडालको सुनुवाइ गर्ने भएको हो ।

सुनुवाइ समितिमा प्रस्तावित दुवै न्यायाधीशिवरुद्ध जम्मा ७ वटा उजुरी परेको छ । उजुरीमाथि आज सुनुवाइ हुने सिमितका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । यसअघि गत चैत ४ गते समितिले सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सुर्खेत उच्च अदालतका मुख्य न्याायधीश सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश चुँडालको नाम सिफारिस गरेको थियो ।

संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाई गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार