देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सर्वोच्चले झिकाएको जाहेरीको पहिलो नम्बरमै गृहमन्त्री रविको नाम

0

काठमाडौं – सर्वोच्च अदालतले आइतबार मगाएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको जाहेरीमा पहिलो नम्बरमै उनको नाम उल्लेख रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी मगाउने आदेश गरेपछि सर्वोच्च अदालत काठमाडौंमा आएको फाइलमा रविको नाम उल्लेख भएको देखिएको हो ।

सर्वोच्चले झिकाएको उक्त जाहेरीमा पहिलो नम्बरमै गृहमन्त्री लामिछानेको नाम उल्लेख गरिएको छ । जाहेरीमा पहिलो नम्बरमा लालचन्द्र लामिछानेका छोरा रवि लामिछाने (गोर्खा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक) भनी सरकारी ऐन र ठगीमा मुद्दा दायर हुनुपर्ने भनी उल्लेख छ ।

जाहेरी आइसकेकाले अर्को पेशीमा अन्तरिम आदेशका बारेमा निर्णय गर्ने सक्ने छ । सर्वोच्चले अर्को पेशी २८ गते तोकेर सर्वोच्चले सबै विपक्षीहरूसँग लिखित जवाफ पनि मगाएको छ ।

पीडितहरूको जाहेरीको पछाडि नम्बरमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम उल्लेख गरेका छन् । ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला, नन्दकिसोर पुनका छोरा दीपेश पुन र पाँचौँ नम्बरमा गोर्खा मिडिया प्रालिको नाम उल्लेख गरिएको छ ।

उक्त जाहेरीपछि चौथो नम्बरमा रहेका दीपेश पुनसहितलाई मुद्दा दायर गरियो । भने पहिलो नम्बरमै नाम उल्लेख भएका गृहमन्त्री लामिछानेलाई उन्मुक्ति दिइएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार