देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सर्वोच्च अदालतद्वारा जग्गाको कित्ताकाट रोक

0

काठमाडौं – सर्वोच्च अदालतले कृषियोग्य जमीनको कित्ताकाट तथा खण्डीकरण गर्ने सरकारको निर्णय गैरकानूनी भएको भन्दै रोक लगाइदिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्चले रोक लगाइदिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणा र न्यायाधीश डा. मनोजकुमार शर्माको संयुक्त इजलासले मन्त्रालयले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णयलाई बदर गरिदिएको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

अधिवक्ता सन्तोष भण्डारी लगायतले कृषियोग्य जमीनको कित्ताकाट तथा खण्डीकरण गर्ने सरकारको निर्णय रोक्न आदेशको माग गर्दै भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा गत भदौ २८ गते रिट निवेदन दायर गरेका थिए । सोही रिटमाथि सर्वोच्चले आज अन्तिम निर्णय दिएको हो ।

गत असोज ८  गते सर्वोच्च अदालतले जग्गा खण्डीकरण गर्ने सरकारको निर्णयकोे सक्कल कागजात झिकाउने आदेश जारी गरेको थियो । अदालतले गत भदौ २९ गते कृषियोग्य जमीनको कित्ताकाट फुकुवा गर्ने भूमि व्यवस्था मन्त्रालयले २०७४ सालको निर्णय बदर गर्दै कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको थियो ।

भू–उपयोग ऐनअनुसार जमिनको वर्गीकरण गर्नेलगायतका प्रावधान कार्यान्वयन गर्न बनेको नियमावली मन्त्रिपरिषद्मा विचाराधीन रहेकै बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत भदौं १९ गते खण्डीकरणको बाटो तत्काललाई खुला गरिदिएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार