देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सवारी चालक अनुमतिपत्रको परीक्षा खुल्यो

0

काठमाण्डौं – सरकारले कोरोनाका कारण नौ महीनादेखि बन्द गरेको सवारी चालक अनुमति पत्रको परीक्षा खुला गरेको छ। सरकारले आगामी १४ पुस (मंगलबार)बाट सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम खुला गर्ने निर्णय गरेको हो।

मंगलबार अनलाइन फाराम भरेका आवेदकको १९ पुसमा (आइतबार) लिखित परीक्षा लिने गरी आवश्यक तयारी भइरहेको सम्बन्धित यातायात व्यवस्था कार्यालयले जनाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू परिपालना गर्ने व्यवस्था गरी अनलाइन फाराम खुला गर्ने निर्णय १० पुसमा भएको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले बताए। उनका अनुसार अनलाइन परीक्षा फाराम भर्न देशैभरका सम्बन्धित यातायात कार्यालयलाई अनुमति दिइएको छ।

मोटरसाइकलको दैनिक १००, स्कुटर र गाडीको ५०/५० वटा लिखित परीक्षाको कोटा मागेको चाबहिल यातायात कार्यालयले जानकारी दिएकाे छ। यातायात व्यवस्था विभागले उक्त कोटालाई स्वीकृति दिएको अवस्थामा आगामी आइतबारबाटै लिखित परीक्षा सञ्चालन हुनेछ।

अनलाइन फाराम खुला गरेपछि कहिलेबाट लिखित तथा प्रयोगात्मक परीक्षा शुरू गर्ने र कुन मितिबाट शुरू गर्ने भन्ने निर्णय पनि सम्बन्धित कार्यालयले नै व्यवस्थापन मिलाउने भुसालको भनाइ छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार