देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सशस्त्रको भावी आइजीपी अर्याल हुने पक्का

0

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक(एआइजी)मा डीआइजी राजु अर्याललाई सिफारिस गरेको छ ।

आइतबार बसेको बढुवा समितिको बैठकले अर्याललाई एआइजीमा बढुवा सिफारिस गरेसँगै सशस्त्र प्रहरीको भावी महानिरीक्षक टुंगो लागेको हो ।

एआइजी पुष्पमराम केसी आइजीपीमा बढुवापछि रिक्त रहेको पदमा अर्याल बढुवा भएका हुन् । सशस्त्र प्रहरी बलमा डीआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम पनि एआइजीको प्रतिस्पर्धामा थिए ।

अर्का डीआइजी बंशी दाहालले पनि एआइजी बढुवाको दाबी प्रस्तुत गरेका थिए ।

बरिष्ठताका आधारमा अर्यालको बढुवा गरेर सरकारले सशस्त्रमा भावी आइजीपीमा हुने अस्वस्थ प्रतिस्पर्धाको अन्त गरेको छ । बढुवा सिफारिस भएका अर्याल यही बैशाख १८ गते आइजीपी नियुक्त हुनेछन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार