देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सशस्त्र प्रहरी निरीक्षक चापागाईं विरुद्ध भ्रष्टाचार मुद्दा

0

(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईं विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका रूपमा कार्यरत प्रहरी निरीक्षक चापागाईंविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

व्यापार व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घूस लिएको अभियोगमा आयोगले मुद्दा दायर गरेको हो । झापाको टाङ्घनडुब्बा चौकीमा कार्यरत चापागाईंमाथि सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूस मागेको अभियोग लागेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार