देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सहकरी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष सहमत

0

काठमाडौं – सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार भएको छ।

बालुवाटारमा शनिबार बसेको सत्तारुढ दल र नेपाली कांग्रेसबीचको बैठकले संसदीय छानबिन समिति बनाउने विषयमा सहमति गरेका हुन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।  

बैठकले कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल रहेको एउटा कार्यदल बनाइएको छ। । कार्यदलले टीओआर बनाएपछि छानबिन समितिको काम कारबाही अगाडि बढ्ने बताइएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले जसरी पनि सहमति गर्न प्रधानमन्त्रीमाथि दबाब बढाएका थिए।

प्रधानमन्त्री दाहालले पनि सरकारको नीति तथा कार्यक्रम पारित गर्न, बजेट ल्याउन र विश्वासको मत पनि लिनुपर्ने अवस्था आएकाले निकास जरुरी रहेको बताएका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार