देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ – गृहमन्त्री लामिछाने [भिडियो]

0

काठमाडौं – नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले आफूले कयौंपटक सहकारी पीडितको पक्षमा लडे पनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको बताएका हुन् ।

गृहमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको उल्लेख गरे । उनले आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लडाइँ लड्न भने नछोड्ने बताए ।

उनले भने, ‘मेरो त भाग्य नै यस्तै छ । जुन विषयका लागि आफू लडेको हुन्छु । त्यसैको आरोप खेप्नुपर्छ । नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकि जीवनभर त्यसैको पक्षमा लडिरहेँ । सहकारी पीडितहरुका लागि कयौं रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ । मेरो भाग्य यस्तै छ । ठीकै छ, मेरो भाग्यसँग लड्दै गरौंला । तर त्यो भन्दा ठूलो त तपाईंको अधिकार लागि म लड्नुछ । म त्यसमा स्पष्ट छु ।’

उपप्रधानमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि बताए ।

https://youtube.com/watch?v=ON_d9OEeCJA%3Fsi%3DMsVh-LT4mnbvL4DE
भिडियो साभार कान्तिपुर
द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार