देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सहमतिको मसिसुक्न नपाउँदै भाँडियो जसपा एकता

0

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भएको सहमति भाँडिएको छ । एकताका लागि भन्दै संयुक्त वक्तव्य जारी भएपनि त्यसको मसि सुक्न नपाउँदै सहमति भाँडिएको हो ।

महन्थ ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाए लगत्तै उपेन्द्रले अर्को पत्र पठाएर त्यो अवैधानिक भएकोले मान्यता नदिन अनुरोध गरेका छन् । उनले हालसम्म जसपा दलको नेता कोही पनि चयन नभएको बताएका छन् ।

कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म नभएको समेत यादवले सचिवालयलाई जानकारी गराएका छन् ।

45Shares
facebook sharing button
twitter sharing button
linkedin sharing button
whatsapp sharing button
द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार