देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सह–महामन्त्रीमा विजयी बनाउन चौधरीको अपील

0

काठमाडौं – नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले सह–महामन्त्री पदमा मनोनयन दर्ता गरेर आफूलाई विजयी बनाउन अपील गरेका छन् ।

युवा नेता चौधरीले थारुतर्फको सह–महामन्त्री पदमा मनोनयन दर्ता गराएका हुन् । उनले आफूलाई मतदान गरेर विजयी बनाउन अनुरोध गरेका छन् ।

खानेपानी मन्त्री समेत रहेका कांग्रेसका नेता चौधरी इमान्दार नेतामा पर्छन् । बारा जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने चौधरीले प्रत्यक्षमा निर्वाचन जितेका थिए ।

एमाले र माओवादीको कथित बाम गठबन्धनले देशभरि प्रभाव पारेका बेला युवा नेता चौधरीले प्रतिनिधि सभामा जितेर कांग्रेसको इज्जत जोगाएका थिए । प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षमा निर्वाचन जित्ने थोरै नेताहरूमध्ये चौधरी पनि पर्छन् ।

सभापति शेरबहादुर देउवाको प्यानलबाट नेता चौधरीले सह–महामन्त्री पदमा मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिको सहमहामन्त्री (थारुतर्फ) पदका उम्मेदवार उमाकान्त चौधरीको राजनीतिक पृष्ठभूमि –
-त्रिविविबाट बनस्पति शास्त्रमा एमएससी गरेका खानेपानी मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरी हाल प्रतिनिधिसभाका सदस्य समेत छन् ।
-२०३६ सालको विद्यार्थी आन्दोलनबाट नेपाल विद्यार्थी संघमा सक्रिय हुँदै आएका चौधरी २०४२ सालको सत्याग्रहमा भाग लिए ।
-२०४४ सालमा बारा जिल्ला क्षेत्र नं १को कांग्रेस क्षेत्रिय उपसभापति भएका चौधरी २०४६ सालको जनआन्दोलनमा काठमाडौं र बाराको आन्दोलनमा सक्रिय भए ।
-२०४७ सालमा नेविसंघ त्रिविवि समितिको उपसभापति निर्वाचित भइ २०४८ मा बारा क्षेत्र नं १ बाट कांग्रेस महासमिति सदस्यमा निर्वाचित ।
-२०४८ मा नेविसंघ केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित । २०४९ मा नेपाली कांग्रेस बारा जिल्ला कार्यसमिति सदस्य ।
-२०५३ मा बारा क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित ।
-२०५४ सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य
-२०५६ को आम निर्वाचनमा बारा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित
-२०५८ मा कृषि तथा सहकारी सहायकमन्त्री ।
-२०५९ मा नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित
-२०६२÷०६३ को जनआन्दोलनमा आन्दोलन परिचालन समिति कमाण्डर ।
-२०६४ मा नेपाली कांग्रेस केन्द्रीय र नेपाली कांग्रेस प्रजातान्त्रिक एकीकरणपछि कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य ।
-२०६४ को संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं ५ बाट संविधानसभा सदस्यमा निर्वाचित ।
-२०६७ सालमा माधवकुमार नेपाल नेतृत्वका संयुक्त सरकारमा कांग्रेसको तर्फबाट स्वाथ्य तथा जनसंख्या मन्त्री
-२०६७ सालको पार्टीको १२ औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित ।
-२०७२ को १३औं महाधिवेशनमा पार्टीको केन्द्रीय कोषाध्यक्ष पदमा कृष्णप्रसाद सिटौला समूहबाट प्रत्यासी बनेका चौधरीलाई सभापति देउवाबाट केही सातामै केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित ।
-२०७४ को आमनिर्वाचनमा बारा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
-२०७८ भदौमा खानेपानी मन्त्री ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार