देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

साँखु-फटकेस्वर-बाहुनीपाटी मोटरबाटो निर्माण सुभारम्भ

0
<p>सामाजिक सञ्जाल</p>

सामाजिक सञ्जाल

काठमाण्डौं – सिन्धुपाल्चोक र काठमाडौ जोड्ने सबैभन्दा छोटो दुरीको साँखु-फटकेस्वार-बाहुनीपाटी मार्ग निर्माणको विधिवत शुभारम्भ गरिएको छ । पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिबार जहर्सिंपौवामा एक कार्यक्रमकाबिच उक्त मोटरबाटोको शुभारम्भ गरेका हुन् ।

०६५ सालमा माधव नेपाल प्रम हुँदा नै सो सडक मनमोहन मार्गको रुपमा नामाकरण गरी कालोपत्रे गर्ने काम भएको थियो । सडकको कमजोर गुणस्तर र सवारी आवतजावत बाक्लो हुने कारणले छिट्टै सडक जिर्ण हुन गै जनताले धेरै सास्ती ब्यहोर्नु परिरहेको नेकपा सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद माननिय शेर बहादुर तामाङ्गले बताए । सांसद तामाङ्गका अनुसार अहिलेपनी माधव नेपालको अगुवाई तथा शेर बहादुर तामाङ्ग लगाएत जनप्रतिनिधीको पहलमा सडक स्तरउन्नती गरी डबल लेन र डबल लेयर पिच हुने गरी बजेटको ब्यबस्था भएको हो ।

सांसद तामाङ्गले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ” मध्यपहाडी पुष्पलाल लोकमार्ग बाहुनेपाटीलाई जिरो प्वाईण्ट मानेर बैकल्पिक राजमार्ग कै रुपमा सडक बन्ने भएकोले सडक गुणस्तरीय राम्रै बन्ने कुरामा हामी बिश्वस्त छौं । सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगका जनतालाई राजधानी आवतजावतमा यस सडक निर्माणले धेरै सजिलो हुनेछ । यो सडकको लागी पहलकदमी लिनुहुने सम्पुर्णमा धन्यवाद र सिन्धुपाल्चोक तथा काठमाडौ २ का सम्पुर्ण दिदिबहिनी दाजुभाइमा बधाई ।”

सडक सुभारम्भ कार्यक्रममा प्रदेश सांसद मणिराम फुयाँल, सिन्धुपाल्चोक जिसस प्रमुख कृष्ण गोपाल तामाङ, मेलम्ची नपा मेयर डम्बर बहादुर अर्याल, शंखरापुर नपा मेयर सुवर्ण कुमार श्रेष्ठ, माधव नेपाल स्वकिय सचिव नितेश पौडेल, सडक सरोकार समिति अध्यक्ष सुर्यमान तामाङ लगायतको उपस्थिति थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार